दफा ४२
भगौडा सम्बन्धी कसुर
(१) देहायको कुनै कार्य गरेमा भगौडा सम्बन्धी कसुर गरेको मानिनेछ ः-
(क) जङ्गी कारबाहीको आदेश जारी भएपछि वा त्यस्तो कारबाही शुरु भएपछि सेवा छोडी भागेमा,
(ख) खण्ड (क) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा सेवा छोडी भागेमा,
(ग) यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्ति सेवा छाडी भागेकोमा निजलाई जानी जानी शरण दिएमा,
(घ) भगौडा भन्ने थाहा हुँदाहुँदै निजलाई फाइदा, मद्दत वा सहयोग पुयाउने कार्य गरेमा,
(ङ) यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्ति सेवा छाडी भागेको वा भाग्न लागेको जानकारी भएर पनि आफ्नो वा अरू कुनै माथिल्लो अधिकृतलाई तुरुन्त सूचना नदिएमा वा पक्राउ गर्नु पर्ने आफ्नो अख्तियार बमोजिम पक्राउ नगरेमा,
(च) भगौडालाई तदारुकताका साथ खोजी गरी पक्राउ नगरेमा,
(छ) भगौडा भन्ने थाहा हुँदाहुँदै पनि आवश्यक कारबाही नगरेमा,
(ज) ब्यारेक, क्याम्प वा क्वाटर छोडी भागेमा ।
(२) गयल ठहरिएको व्यक्ति आफै हाजिर हुन नआएमा वा फेला नपरेमा भगुवा मानिनेछ ।